Welcome to

नेपाली साहित्य अध्ययन समिति

हाम्रो बारेमा


 

सन् १९५० को प्रथम प्रहरतिर कालेबुङमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र अभिवृद्धि गर्न केही बौद्धिक जमात देखा परेको जान्न पाइन्छ। उक्त बौद्धिक जमात देखा पर्नुको प्रमुख कारण उनीहरूले भोगेका, अनुभव गरेका अनि देखेका समस्याहरूको समाधान थियो। त्यस समयका व्यक्तित्वहरूमा मोतीचन्द प्रधान, पदमलाल सुब्बा, रूपराम देवान, धनराज बराल, भानुभक्त लामिछाने, भाइचन्द प्रधान, नन्दकुमार कुमाई,  हर्कसिंह छेत्री,  लोकेशचन्द्र प्रधान, हरिभक्त नवपानीय, इन्द्रदेव सिंह, मङ्गलसिंह घिमिरे, खिदमद सुब्बा, दिलबहादुर प्रधान, गङ्गा पाखरिन आदि उल्लेखनीय रहेका भेटिन्छन्। साहित्यमा अभिरुचि भएका यी महानुभावहरूले व्यक्तिगत प्रयासमा कालेबुङमा साहित्यिक क्रियाकलापहरू र्ने गर्थे। तर संस्थामार्फत भएको कुनै पनि साहित्यिक कार्य असल हुन्छ भन्ने श्रेष्ठ ध्येयले ती साहित्यानुरागी महानुभावहरूको सामूहिक प्रयासमा नेपाली साहित्य अध्ययन समितिको कालेबुङमा स्थापना भयो। यो थियो जुन ७, १९६५ को एउटा प्रशंसनीय कार्य।

नेपाली साहित्य अध्ययन समिति, कालेबुङ ५ जुन १९७० मा वेस्ट बङ्गाल एक्ट XXVI अफ् १९६१ अन्तर्गत पञ्जीकृत भइसकेको छ जसको पञ्जीकरण सङ्ख्या एस/१०३३७ अफ् १९७०-७१ रहेको छ। समितिलाई साहित्य अकादमी, दिल्लीले २० फरवरी १९७६ का दिन मान्यता प्रदान गरेको हो।

उद्देश्य र कार्य सञ्चालन

नेपाली साहित्य अध्ययन समिति एउटा साहित्यिक सङ्गठन हो। यसले नेपाली भाषा-साहित्यका अतिरिक्त कला, संस्कृति आदिको संरक्षण र विकास गर्ने दिशामा महत्त्वपूर्ण कार्य गर्छ। यसको मुख्य उद्देश्य मानिसहरूमा नेपाली साहित्यप्रति अभिरुचि जगाउनु एवम् भाषा साहित्यको विकास गर्नु हो। जनसाधारणमा साहित्यप्रति व्यावहारिक वा भावनात्मक सम्बन्ध स्थापित गर्न समितिले निम्न प्रकारका विविध कार्यहरू गर्नेछ -
* साहित्यिक गोष्ठी, साहित्यिक समारोह, औपचारिक बैठक वा सभा,वार्तालाप,परामर्श
आदिको आयोजन।
* साहित्यिक विभिन्न कार्यक्रमह
रू जस्तै कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता, कथा प्रतियोगिता आदिको आयोजन।
* साहित्यिक स्रष्‍टाह
रूका जन्म जयन्ती उत्सव आयोजन।
* पुरस्कृत साहित्यिक स्रष्‍टाह
रूलाई अभिनन्दन अनि उनीहरूद्वारा रचित कृतिमाथि चर्चा परिचर्चा।
* साहित्यिक पत्र पत्रिका
कृति आदिको प्रकाशन।

कार्य-सञ्चालन

प्रत्येक सङ्घ-संस्थाको आ-आफ्नो उद्देश्य हुन्छ। उक्त उद्देश्यअनुरूप कार्य गर्न कार्यकारी समितिको गठन गरिन्छ। समितिका सदस्य/सदस्याहरूको सक्रियतामा कार्य-सञ्चालन हुने गर्दछ। नेपाली साहित्य अध्ययन समितिको पनि आफ्नै कार्य-सञ्चालन समिति छ। प्रत्येक दुई वर्षको अन्तरालमा एउटा साधारण सभामा सदस्यहरूको बहुमतद्वारा सभापति, उप-सभापति, सचिव, सह-सचिव, कोषाध्यक्ष कार्यकारी सदस्यहरूको निर्वाचन हुने गर्दछ।

नेपाली साहित्य अध्ययन समितिको स्थापना कालदेखि नै यसको उद्देश्य प्राप्ति हेतु निम्नलिखित विभागीय उप-समितिहरू आजपर्यन्त भेटिन्छन् -
१.     
जयन्ती विभाग
२.     
प्रकाशन विभाग
३.     
सांस्कृतिक विभाग
४.     
पुस्तकालय विभाग
कार्यकारी समितिको अधीन एवम् निर्देशनमा उपर्युक्त विभागीय उप-समितिह
रूले कार्य सञ्चालन गर्ने गर्छ।

 


 

 
सर्वाधिकार@