गतिविधि
बहुआयमिक व्यक्तित्वका धनी पारसमणि प्रधानको जन्म जयन्ती समितिले प्रत्येक वर्ष १ जनवरीका दिन पालन गर्दै आइरहेछ। कालेबुङ सहरको चेस्ट क्लिनिक परिसरमा अवस्थित पारसमणि प्रधानको सालिकमा १ जनवरी २०२५ का दिन माला एवम् खदाअर्पण गरियो।
२१ फरवरी २०२५ का दिन समितिले अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन गरे। कार्यक्रममा प्रा. कुमार छेत्रीले मातृभाषा विषयमा वक्तव्य, श्री मणिन्द्र भुजेलले संविधानको आठऔँ अनुसूचिमा अन्तर्भूत भाषाहरूले पाउने सरकारी सहुलियतहरू माथि वार्ता, प्रा. दिलु ठटालले मातृभाषाको विशेषता विषयमा वार्ता अनि कवि डा. बी. बी. गुरुङ र कवि डी. के. छेत्रीले स्वरचित कविता पठन गरेका थिए। कार्यक्रममको सञ्चालन बलभद्र शर्माले गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्रा. जोग चामलिङले गरेका थिए।
२६ फरवरी २०२५ का दिन अट्ठाइसऔँ
'पारसमणि पुरस्कार' सुकिया निवासी वरिष्ठ साहित्यकार धनहाङ सुब्बालाई कालेबुङ सहरस्थित टाउनमा भव्य कार्यक्रमबीच पुरस्कारमा रु २१,००१/-, चाँदीको स्मृति चिन्ह, दोसल्ला र प्रशस्ति पत्रसहित प्रदान गरियो।२१ मार्च २०२५ का दिन समितिले विश्व कविता दिवस पालन गऱ्यो। कार्यक्रममा कालेबुङका कविहरूले स्वरचित कविताहरू पठन गरे।