पुरस्कार
पारसमणि पुरस्कार
नेपाली साहित्यका दीर्घसेवी साहित्यकारहरूलाई सन् १९९८ देखि समितिले
'पारसमणि पुरस्कार' प्रदान गर्दै आइरहेछ। प्रत्येक वर्ष २६ फरवरी का दिन उक्त पुरस्कार भव्य कार्यक्रमबीच प्रदान गरिन्छ।यस पुरस्कारका निम्ति समितिको तर्फबाट निम्नलिखित योग्यताहरू राखिएका छन् -
योग्यता
१. पुरस्कार प्राप्त गर्ने व्यक्ति भारतीय नागरिक हुनु पर्छ।
२. उनले पच्चिस वर्षभन्दा बढी अवधिदेखि नेपाली साहित्यको सेवा सृजनात्मक कार्यद्वारा गर्दै आएको हुनु पर्छ।
३. (क) साहित्यको कुनै विधा कथा, कविता, उपन्यास, काव्य, महाकाव्य, नाटक, एकाङ्की, साहित्यिक समालोचना, यात्रा संस्मरण आदिको लेखनद्वारा नेपाली समाजमा विशेष स्थान प्राप्त गरेको र प्रभाव पारेको हुनु पर्छ।
(ख) ती रचनाहरू पुस्तक-पुस्तिका, पत्र पत्रिका आदिमा प्रकाशित भइसकेको हुनु पर्छ।
४. पुरस्कारका निम्ति सम्बन्धित साहित्यकारको सिर्जना पुस्काकारमा प्रकाशित हुनै पर्छ भन्ने वाध्यता रहने छैन।
५. नेपालीबाहेक अरू भाषाका पनि ज्ञाता भई ती भाषामा उनका साहित्यिक रचनाहरू प्रकाशित भएको भए त्यसलाई अतिरिक्त योग्यता मानिने छ।
६. पुरस्कार प्राप्त गर्ने व्यक्ति जीवित हुनु पर्छ।
७. पुरस्कारको क्षेत्र सारा भारतवर्ष हुने छ।
८. पुरस्कार यथाशक्य प्रत्येक वर्ष दिइने छ।
९. अन्य साहित्यिक संस्थाहरूबाट पुरस्कार प्राप्त भएका साहित्यकारहरूलाई यो पुरस्कार प्राप्तिमा बाधा हुने छैन।
चयन विधि
१. क्षेत्रभित्रका पञ्जीकृत साहित्यिक संस्था/विशिष्ट साहित्यकारहरूबाट उपरोक्त योग्यताभित्र पर्ने व्यक्ति/व्यक्तिहरूका नामवली पठाइदिने निवेदन गरिन्छ।
२. (क) उनीहरूले त्यस्ता लेखक/साहित्यकारहरूको सङ्क्षिप्त परिचय (विशेष साहित्य सेवासम्बन्धी) लेखी पठाउनु पर्छ।
(ख) पुरस्कारका निम्ति आएका नाउँहरूको छनोट गर्न समितिले एउटा 'पुरस्कार अनुमोदन उप-समित'को गठन गर्ने छ। त्यस उप-समितिमा तिनजना सदस्य रहने छन् र त्यस समितिको सभाले पाँच जनासम्मको नाम अनुमोदन गरी चयन समितिलाई दिने छ।
३. पुरस्कार चयनका निम्ति पाँचजना साहित्यिक/साहित्यकारहरूको एउटा उप-समिति गठन गरिने छ, जसलाई अत्यन्त गोप्य राखिने छ।
४. चयन समितिले पुरस्कारका निम्ति चयन गरेपछि त्यसलाई कार्यकारी समितिको सभामा अनुमोदन गरी समितिका सभापतिले पुरस्कारको घोषणा गर्दछ।
६. यस कार्यमा कसैको कुनै पनि प्रकारको प्रत्यक्ष वा परोक्ष रूपमा गरिएको मत याचनालाई उम्मेदवारको अयोग्यता मानिने छ।
७. पुरस्कारको घोषणा प्रत्येक वर्ष १ जनवरीका दिन गरिने छ।
८. पुरस्कार अनुमोदन उप-समिति र चयन समितिका सभाध्यक्षको भार नेपाली साहित्य अध्ययन समितिका सभापतिले लिने छन् र यसका संयोजक मूल सचिव रहने छन्।
९. पुरस्कार वितरण समारोह प्रत्येक वर्ष २६ फरवरीका दिन हुने छ।
१०. उपरोक्त नियमावलीलाई यदि आवश्यक परे समितिको कार्यकारी समितिले मात्र संशोधन गर्न सक्ने छ।
पारसमणि पुरस्कार प्रापकहरू
१. भाइचन्द प्रधान, १९९८, कालेबुङ
२. हायमनदास राई, १९९९, गोरुबथान
३. हरिप्रसाद गोर्खा राई, २०००, नागाल्यान्ड
४. राजनारायण प्रधान, २००१, दार्जिलिङ
५. नरबहादुर दाहाल, २००२, सुकना, दार्जिलिङ
६. डा. गोकुल सिन्हा, २००३, रङ्बुल, दार्जिलिङ
७. गुप्त प्रधान, २००४, दार्जिलिङ
८. मनबहादुर गुरुङ, २००५, सोनादा, दार्जिलिङ
९. महानन्द पौड्याल, २००६, पाक्योङ, सिक्किम
१०. डा. कुमार प्रधान, २००७, सिलगढी
११. गोपीनारायण प्रधान, २००८, सिलोङ, मेघालय
१२. बद्रीनारायण प्रधान, २००९, बाग्राकोट
१३. केदार गुरुङ, २०१०, गेजिङ, सिक्किम
१४. सानुमति राई, २०११, कालेबुङ
१५. सलोन कार्थक, २०१२, कालेबुङ
१६. वीरेन्द्र सुब्बा, २०१३, दार्जिलिङ
१७. दुर्गाप्रसाद श्रेष्ठ, २०१४, वाराणसी
१८. किताबसिंह राई, २०१५, डुवर्स, जलपाइगढी
१९. के. बी. नेपाली, २०१६, गुवाहाटी, असम
२०. राजेन्द्र भण्डारी, २०१७, कालेबुङ
२१. एडोन रोङ्गोङ, २०१८, सिलगढी
२२. नोर्ज्याङ स्याङदेन, २०१९, दार्जिलिङ
२३. छबिलाल उपाध्याय, २०२०, असम
२४. सुवास दीपक, २०२१, गान्तोक
२५. नव सापकोटा, २०२२, गुहावटी
२६. एम. पथिक, २०२३, पुलबजार, बिजनबारी
२७. प्रदीप गुरुङ, २०२४, कालेबुङ
२८. धनहाङ सुब्बा, २०२५, सुकिया पोखरी, दार्जिलिङ
भाइचन्द प्रधान स्मृति पुरस्कार
१ जुन २००३ का दिन समितिको कार्यकारी सभाले साहित्यकार भाइचन्द प्रधानको स्मृतिमा
'भाइचन्द प्रधान स्मृति पुरस्कार' प्रदान गर्ने निर्णय लियो। निर्णयअनुसार पुरस्कार प्रत्येक वर्ष कविता विधामा एउटा सिङ्गो उत्कृष्ट कृतिलाई प्रदान गरिने भयो।यो पुरस्कार प्राप्त गर्नाका निम्ति निम्नलिखित नियमावली राखिएका छन् -
१. कवि, साहित्यकार, व्याकरणविद् स्व. भाइचन्द प्रधानको स्मृतिमा स्थापित पुरस्कार 'भाइचन्द प्रधान स्मृति पुरस्कार' भनी प्रदान गरिने छ।
२. नेपाली साहित्यको कविता विधामा यो पुरस्कार प्रदान गरिने छ। कविता कृति मौलिक हुनु पर्छ औ यसले नेपाली भाषा साहित्यको श्रीवृद्धि र संवर्द्धनमा सृजनात्मक योगदान दिएको हुनु पर्छ।
३. कविता पुस्तकाकारका रूपमा प्रकाशित भएको हुनु पर्छ। पुरस्कार दिने वर्षसम्म कृति पाँच वर्षको अवधिभित्र प्रकाशित भएको हुनु पर्छ।
४. पुरस्कारको क्षेत्र सारा भारतवर्ष हुने छ।
५. पुरस्कार यथासम्भव बर्सेनि प्रदान गरिने छ। पुरस्कार प्रदान गर्नालाई योग्य कृति नभए त्यस वर्ष पुरस्कार प्रदान गरिने छैन।
६. यस पुरस्कारअन्तर्गत अङ्ग वस्त्र, प्रशस्ति पत्र, स्मृति चिह्न र नगद राशि रहने छ।
७. पुरस्कार भानु जयन्तीको अवसरमा प्रदान गरिने छ।
भाइचन्द प्रधान स्मृति पुरस्कार प्रापकहरू
१. बद्रीनारायण प्रधान, २००४, जलपाइगढी
२. विचन्द्र, विपश्यना, २००५, मिरिक
३. टेकध्वज जिम्बा, पहरा पहरामा फुलेर, २००६, दार्जिलिङ
४. वीणा हाङ्खिम, भावानुभाव, २००७, दार्जिलिङ
५. सुधा एम. राई, पदचिह्न, २००८, सिक्किम
६. सुधीर छेत्री, शिल्पका पखेटाहरू, २००९, कालेबुङ
७. ज्ञान सुतार, विद्रोही शब्दहरू, २०१०, कालेबुङ
८. रेमिका थापा, देश र अन्य कविताहरू, २०११, मङ्पू
९. डा. राजेन्द्र भण्डारी, शब्दहरूको पुनर्वास, २०१२, कालेबुङ
१०. केवलचन्द्र लामा, आँखेझरी, २०१३, दार्जिलिङ
११. जयन्तकृष्ण शर्मा, संसदमा आँसु बोल्छ, २०१४, गुवाहाटी
१२. भूपेन्द्र सुब्बा, बजिया आँखाहरू, २०१५, बिजनबारी
१३. कालूसिंह रनपहेँली, समयको गलबन्दी, २०१६, सिलगढी
१४. वासुदेव पुलामी, उज्यालोको आँखा, २०१७, सिलगढी
१५. जय क्याक्टस, शब्द यात्रा, २०१८, रोङ्गो
१६. डा. इन्दुप्रभा देवी, तबेलाका घोडाहरू, २०२२, असम
१७. राजा पुनियानी, तङसिङ, सिलगढी, २०२३
१८. सुरेन्द्र थीङ, पानीको मरुभूमि, मङ्पू, २०२४
पूर्ण राई स्मृति पुरस्कार
नेपाली साहित्य अध्ययन समिति, कालेबुङले प्रत्येक वर्ष समितिको मुखपत्र 'साहित्य सङ्केत'मा प्रकाशित सर्वश्रेष्ठ कथालाई पूर्ण राई स्मृति पुरस्कार प्रदान गर्दै आइरहेछ। यो कार्य सन् २००२ देखि थालिएको हो। यस पुरस्कारका निम्ति समितिद्वारा निम्नलिखित चयन विधि राखिएको छ -
१. नेपाली साहित्य अध्ययन समितिद्वारा प्रकाशित साहित्य सङ्केतमा पाँच वर्षको समयावधिमा कथा प्रकाशित भएको हुनु पर्नेछ। त्यस समयावधिमा प्रकाशित कुनै एक सर्वश्रेष्ठ कथालाई पुरस्कार प्रदान गरिने छ।
२. पुरस्कारका निम्ति समितिले एउटा
'पुरस्कार अनुमोदन उप-समित'को गठन गर्ने छ। त्यस उप-समितिमा तिनजना सदस्य रहने छन् र त्यस समितिको सभाले ५ जनासम्मको नाम अनुमोदन गरी चयन समितिलाई दिनेछ।३. पुरस्कार चयनका निम्ति पाँचजना साहित्यिक/साहित्यकारको एउटा उप-समिति गठन गरिने छ।
४. चयन समितिले पुरस्कारका निम्ति चयन गरेपछि त्यसलाई कार्यकारी समितिको सभामा अनुमोदन गरी समितिका सभापतिले पुरस्कारको घोषणा गर्ने छन् ।
५. त्यस कार्यमा कसैको कुनै पनि प्रकारको प्रत्यक्ष वा परोक्ष रूपमा गरिएको मत याचनालाई उम्मेदवारको अयोग्यता मानिने छ।
६. पुरस्कार प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गरिने छ।
७. उपरोक्त नियमावलीलाई यदि आवश्यक परे समितिको कार्यकारी समितिले मात्र संशोधन गर्ने छ।
पूर्ण राई स्मृति पुरस्कार प्रापकहरू
१. गौरी नेम्बाङ, भर्ती हुन जाँदा, २००२
२. प्रकाश हाङ्खिम, लता! तिमी कस्ती छौ?, २००३
३. प्रदीप गुरुङ, सहर पसेकी कान्छी, २००४
४. सञ्जय विष्ट, पुल, २००५
५. उदय थुलुङ, सङ्केत, २००६
६. समीरण छेत्री 'प्रियदर्शी', आरतीलाई निद्रा छैन, २००७
७. देव भण्डारी, एक अज्ञात दिशातिर, २००८
८. ज्ञान सुतार, शेष कार्य, २००९
९. सुरज धड्कन, अलन्तर, २०१०
१०. जोग चामलिङ, अव्यक्त सन्देश, २०११
११. सञ्जीव छेत्री, एउटा साँचोजस्तै कथा, २०१२
१२. शमसेर अली, मास्टर मोसाय, २०१३
१३. हरीश मोक्तान
'अल्लारे', कान्छी ल्याउन पाऊँ, २०१४१४. पवन राई
'नामदुङ', खोजी, २०१५१५. ध्रुव चौहान, झन्डा, २०१६
१६. राजेन मोक्तान, चक्रव्यूह, २०१७
१७. नीरज थापा, बीएमडब्ल्यु, २०१८
१८. रीता ठकुरी, दोस्रो बिहे, २०२३
रामकृष्ण शर्मा समालोचना एककालिक पुरस्कार
पच्चिस वर्षभन्दा बढी अवधिदेखि नेपाली साहित्यको समालोचना विधामा सेवा पुऱ्याउँदै आएका समालोचक डा. घनश्याम नेपाललाई १५ मई २०२३ का दिन रामकृष्ण शर्मा समालोचना एककालिक पुरस्कारले विभूषित गरियो।