सालिक निर्माण
कालेबुङ सहरको थाना डाँडास्थित त्रिकोण पार्कमा समितिले आदिकवि भानुभक्त आचार्यको सङ्गमर्मरको सालिक स्थापना गरेर एउटा ऐतिहासिक कार्य गरेको छ। उक्त सालिकको उद्घाटन तत्कालीन महकुमा अधिकारी दीपक घोषले १३ जुलाई १९६६ का दिन गरेका थिए। स्मारकको शिलान्यास समितिका सभापति मोतीचन्द प्रधानको बाहुलीबाट जुन २६, १९६६ का दिन सम्पन्न भएको थियो।
समितिले कालेबुङ सहरको थाना डाँडामै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्गमर्मरको सालिक २३ फरवरी १९७४ का दिन एउटा भव्य कार्यक्रममाझ अनावरण गऱ्यो।
सर्वाधिकार@