नेपाली साहित्य अध्ययन समिति
सन् १९५० को प्रथम प्रहरतिर कालेबुङमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र अभिवृद्धि गर्न केही बौद्धिक जमात देखा परेको जान्न पाइन्छ। उक्त बौद्धिक जमात देखा पर्नुको प्रमुख कारण उनीहरूले भोगेका, अनुभव गरेका अनि देखेका समस्याहरूको समाधान थियो। त्यस समयका व्यक्तित्वहरूमा मोतीचन्द प्रधान, पदमलाल सुब्बा, रूपराम देवान, धनराज बराल, भानुभक्त लामिछाने, भाइचन्द प्रधान, नन्दकुमार कुमाई, हर्कसिंह छेत्री, लोकेशचन्द्र प्रधान, हरिभक्त नवपानीय, इन्द्रदेव सिंह, मङ्गलसिंह घिमिरे, खिदमद सुब्बा, दिलबहादुर प्रधान, गङ्गा पाखरिन आदि उल्लेखनीय रहेका भेटिन्छन्। साहित्यमा अभिरुचि भएका यी महानुभावहरूले व्यक्तिगत प्रयासमा कालेबुङमा साहित्यिक क्रियाकलापहरू गर्ने गर्थे। तर संस्थामार्फत भएको कुनै पनि साहित्यिक कार्य असल हुन्छ भन्ने श्रेष्ठ ध्येयले ती साहित्यानुरागी महानुभावहरूको सामूहिक प्रयासमा नेपाली साहित्य अध्ययन समितिको कालेबुङमा स्थापना भयो। यो थियो जुन ७, १९६५ को एउटा प्रशंसनीय कार्य।


निमन्त्रणा
